IME Life New

प्रभु बैंकका शेरचन तेस्रो कार्यकालका लागि नियुक्त, ऐन मिचेर बनाइएको निर्देशिकाबाट फाइदा उठाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गरेको छ । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठले शेरचनलाई माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

शेरचनले यस भन्दा अगाडी दुई कार्यकाल पुरा गरिसकेका छन् । बाफियाको दफा २९ को उपदफा २ मा कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्त हुन सक्नेछ भनिएको छ ।

Esewa
Crest

तर राष्ट्र बैंकले ऐनलाई नै मिचेर बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ तथा एकिकृत निर्देशिकामा मर्जर तथा प्राप्तिको हकमा विभिन्न छुटको व्यवस्था गरिएको छ । एकिकृत निर्देशिकामा राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको हकमा तेस्रो कार्यकालका लागि ऐनको व्यवस्था लागु नहुने उल्लेख गरेको छ । राष्ट्र बैंकको यस्तो कदम कानुनी रुपमा गलत भएको बताउछन् ।

यसरी राष्ट्र बैंकले कानुनी सिद्धान्तलाई नै मिचेर तयार पारेको निर्देशन तथा निर्देशिकाबाट शेरचनले फाइदा लिएका हुन् । प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभे सँगै उनले यस्तो सुविधा प्राप्त गरेका हुन् । यस विषयमा नेपाल राष्ट्र बैंकलाई प्रश्न गर्दा यस विषयमा लेखेर उजुरी पेश गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS