काठमाडौं । मर्जर पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब १८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ९७ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । प्रतिशेयर आम्दानी १५ रुपैयाँमा खुम्चिएको छ ।
मर्जर पछि खराव कर्जा थप बढेको छ । खराव कर्जा बढ्दा बैंकको मुनाफामा असर गरेको छ । खराव कर्जा २.०६ प्रतिशतबाट ३.७१ प्रतिशत पुगेको छ । त्यसैले गर्दा यस अवधिमा बैंकले ६० करोड ८३ लाख रुपैयाँको प्रोभिजनिङ गर्नु परेको छ ।
खुद व्याज आम्दानी ७३.९३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले ४ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ । मुनाफा २ अर्ब १८ करोड देखिए पनि वितरण योग्य मुनाफा भने ऋणात्मक छ । यस्तो नोक्सानी १६ लाख ४ हजार रुपैयाँ छ ।
मर्जर पछि चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैया छ भने जगेडा कोषमा २३ अर्ब ५९ करोड रुपैयाँ छ । निक्षेप संकलन तीन खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी तीन खर्ब १७ अर्ब रुपैयाँ छ ।