Connect IPS
IME Life

राईका दम्पत्तिले दिए छोरीको विवाहमा बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमडौं । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएका छन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएका हुन् ।

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थका लागि उक्त उपहार दिएको कमला राईले बताए । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे ।

Prabhu
Crest

कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर छिन् । समाज परिवर्तन आफैबाट हुनुपर्छ, उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै यस्तो बताइन् ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

जीवन बीमा उपहार प्रदान गरेकोमा प्रदेश प्रमुख पुष्कर भट्टराईले बधाई तथा नयाँ संस्कारको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरे । धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS