IME Life New

माछापुच्छ्रे बैंकको नाफामा सामान्य बृद्धि हुँदा वितरण योग्य मुनाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नाफा १.४३ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको पुससम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको थियो।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ ९९ रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ। बैंकको आधार दर ११.२३ प्रतिशत छ भने स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS