Connect IPS
IME Life

सिभिल बैंकको खुद नाफा २६% ले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले प्राप्ति गर्न लागेको सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस चालू आर्थिक वर्षको त्रैमासमा ६३ करोड ७० लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको भन्दा बैंकको खुद नाफा २६ दशमलव ३९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यस अवधिमा बैंकले ५० करोड ४० लाख खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा साढे २८ प्रतिशत बढेको छ । गत वर्ष ७३ करोड २२ लाख बढी रहेको सञ्चालन नाफा यस वर्ष ९४ करोड ९ लाख बढी भएको हो । यस दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख बढी छ ।

Prabhu
Crest

बैंकको चुक्तापूँँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रूपैयाँ छ । रिटेन्ड अर्निङ ४३ करोड ९७ लाख रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड ३९ लाख रूपैयाँभन्दा बढी छ ।

यस वर्ष बैंकको निक्षेप संकलन शून्य दशमलव २३ प्रतिशत र कर्जा प्रवाह १ दशमलव २७ प्रतिशत बढेको छ । बैंकले ९४ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिमा ८४ अर्ब ८ करोड १७ लाख बढी कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९४ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रूपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रूपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS