Connect IPS
IME Life

एभरेष्ट बैंकको नाफा ८९ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस दोस्रो त्रैमाससम्म१ अर्ब ५८ करोड ८० लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा ८९ दशमलव २९ प्रतिशत बढी भएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा ८९ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब १९ करोड रहेको बैंकको सञ्चालन नाफा यस वर्ष २ अर्ब २६ करोड रहेको छ ।

Prabhu
Crest

बैंकको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने २ अर्ब ८४ करोड ६९ लाख रहेको छ । बैंकको चुक्तापूँजी वृद्धि भई १० अर्ब ६९ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।

बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ अर्ब ९० करोड रूपैयाँभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष बैंकले ४ दशमलव ६६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष शून्य दशमलव २६ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ५५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ ३९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS