IME Life New

लाभांश पारित सहित मेरो माइक्रोफाइनान्सको १०औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्सको १०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभा क्राउन होटल हारती गंगटे, नुवाकोटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ। सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुजीँ २० करोड पुर्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

Esewa
Crest

यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

आर्थिक २०७८/७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हालसम्म संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS