IME Life New

सेन्ट्रल फाइनान्सको लाभांश शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडका शयधनीले आर्थिक वर्ष २०७८/७९को नगद लाभांश आजबाट पाउने भएका छन् । फाइनान्सले आज माघ ५ गतेबाटलाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिने भएको हो ।

कम्पनीको गत पुस २९ गतेसम्म २६ औँ वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत नगद लाभांश आजबाट सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ।

Esewa
Crest

नगद लाभांश प्राप्त गर्न हालसम्म पनि हितग्राही खाता नखोलेका वा खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई हितग्राही खाता खोलेर सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।

बैंक खातामा रकम जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS