IME Life New

‘एनआईबिएल सहभागिता फण्ड’ ले थप १० करोड इकाई जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘एनआइबिएल सहभागिता फण्ड’ले थप १० करोड इकाई जारी गर्न सक्ने गरि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । यससँगै हाल १ अर्ब रहेको योजनाको आकार बृद्धि भई २ अर्ब कायम भएको एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

नेपालकै पहिलो खुलामुखि योजनाको रुपमा पूँजी बजारमा स्थपित हुन सफल यस योजनाले सञ्चालनको पहिलो वर्षबाट नै इकाइधनीहरुलाई उचित प्रतिफल दिँदै आएको छ । सञ्चालनको ३ वर्षमा कुल ६५ दशमलव ४५ प्रतिशत लाभांश वितरण गरी औसत वार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरेकोमा हाल संचालनमा रहेका अन्य खुलामुखि योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको क्यापिटलले जनाएको छ ।

Esewa
Crest

यस योजनामा लगानी गर्न चहने लगानीकर्ताले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालय, तोकिएको वितरक कार्यालयहरु साथै अनलाइन मार्फत इकाई खरिदका लागि आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांश पुन लगानी योजना मार्फत सहभागी हुन सकिनेछ । यस योजना ३ वर्ष अघि २० करोडको आकारमा संचालनमा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS