Connect IPS
IME Life

नियम उल्लङ्घन गर्ने १० विकास बैंक र फाइनान्सलाई राष्ट्र बैंकले गर्यो कारबाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लङ्घन गर्ने १० वटा बैंक वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट, सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई अनुपालना कमजोर भएको भन्दै कारबाही गरेको हो ।

राष्ट्र बैंकले अनुपालनमा कमजोर विकास बैंक तथा वित्त संस्थाहरुलाई जरिवाना तिराएको हो । तोकिए बमोजिम अनिवार्य नगद मौज्दात (सीआरआर), विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसकेका विकास बैंक तथा वित्त संस्थाहरुलाई कारवाही गरेको हो ।

Prabhu
Crest

राष्ट्र बैंकले पहिलो त्रैमासमा सीआरआर कायम नगरेको कर्णाली डेभलपमेन्ट र सालपा विकास बैंकलाई जरिवाना तिराएको छ । कर्णालीले तीन महिनाको अवधि मै दुई पटक सीआरआर कायम गर्न चुकेको हो । बैंकले विपन्न कर्जा पनि तोके बमोजिम परिचालन गर्न सकेको छैन ।

सीडी रेसियो कायम गर्न चुकेको कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक पनि जरिवानामा परेका छन् । बैंकहरुले साउन र भदौ गरेर दुई पटक तोके बमोजिम सीडी रेसियो कायम गर्न नसकेका हुन् ।

सीडी रेसियो कायम गर्न नसक्दा तीनवटा फाइनान्स कम्पनीलाई पनि कारवाहीमा परेका छन् । नेपाल फाइनान्स र जानकी फाइनान्स साउन र भदौ दुवै महिना चुकेका हुन् । समृद्धि फाइनान्सले भदौमा कायम गर्न सकेको थिएन । प्रोग्रेसिभ फाइनान्सले भने सीआरआर कायम गर्न नसक्दा जरिवानामा परेको हो । प्रोग्रेसिभ फाइनान्सलाई अनिवार्य मौज्दातमा २३ हजार १८८.६१ रुपैयाँ जरिवाना लगाइएको छ ।

नेपाल फाइनान्सलाई साउनमा १९ हजार ३३०.६६ रुपैयाँ र भदौमा १ लाख ६५ हजार ५८४.४७ रुपैयाँ र जानकी फाइनान्सलाई साउनमा ६ लाख ५५ हजार १९३.८५ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७९९.८४ रुपैयाँ जरिवाना लगाइएको छ । समृद्धि फाइनान्सले भने भदौमा प्रथमपटक कर्जा निक्षेप अनुपातमा ८० हजार ७४४.९९ रुपैयाँ तिर्नुपरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS