IME Life New

फर्स्ट माइक्रोफाइनान्सको दोश्रो त्रैमास रिपोर्ट सार्वजनिक, कति कमायो नाफा ? (रिपोर्ट सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले ६ महिनाको अवधिमा १४ करोड ४४ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा नाफा ३८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १० करोड ४४ लाख नाफा कमाएको थियो ।
कम्पनीको खुद व्याज आम्दानी २६ प्रतिशतले वृद्धि हुँदै २३ करोड ५ लाख पुगेको छ भने संचालन मुनाफा २० करोड ६४ लाख छ ।
१ अर्ब १४ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ९७ लाख संचित हुँदा रिटेण्ड अर्निङ्ग्समा १४ करोड २० लाख संचित रहेको छ ।
प्रकाशित तथ्यांक अनुसार वार्षिक प्रति शेयर आम्दानी २५ रुपैयाँ १८ पैसा, प्रति शेयर नेट्ववर्थ १३३ रुपैयाँ २७ पैसा छ।
गत वर्ष दोश्रो त्रैमाससम्म शून्य रहेको निस्क्रिय कर्जा अहिले आउँदा शून्य दशमलव १७ प्रतिशत पुगेको छ । अन्य लघुवित्त र सहकारीलाई १० अर्ब माथि कर्जा प्रवाह गरेको कम्पनीले ८ अर्ब ७३ करोड सापटी लिएको  छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS