IME Life New

समयमा विवरण पेश नगर्दा धितोपत्र बोर्डको कारबाहिमा ३ ब्रोकर कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले तोकेको समयमा विवरण नबुझाएकोले ३ कम्पनी कारबाहीमा परेको हो ।

बोर्डको कारबाहीमा पर्ने ३ ब्रोकरमध्ये धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

Esewa
Crest

साथै, धितोपत्र दलाल व्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रा। लि। ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९४० बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई बोर्डले रु पचहत्तर हजार रुपैयाँका दरले जरिवाना गरेको बोर्डले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS