IME Life New

फरवार्ड माईक्रोफाइनान्सको प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश प्रस्ताव पेस गर्ने छ। कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो। कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै, सभाले अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS