IME Life New

राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार काठमाण्डौको तीनकुने स्थित रोयल ब्याङक्युटमा एक समारोहबीच दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बार्षिक साधारण सभामा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा शिक्षावीद उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैकले गरेको बताए । उनले भने–“खाद्यय बैंकले सर्हानिय कार्य थालेको छ । त्यसकारण पनि म यस संस्थासँग जोडिएको छु । यस संस्थाले व्यवस्थापकीय रुपमा सवल भएर अघि बढ्नसके ठुलो उपलब्धी हासिल गर्ने देखेको छु ।”

Esewa
Crest

यस अवसरमा उनले खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए । खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसकेपनि खाद्यय बैकले पहलकदमी लिएको उनले बताए । पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरुमात्रै धनी भएको बताए । उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको बताए ।

राष्ट्रिय खाद्य बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफुहरुको सापनाले मुर्तरुप लिन थालेको बताए । उनले २ बर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको र आगामी बर्ष त्यसलाई अझै रफतारमा लगेर शेयर सदस्यहरुको मन जित्ने बताए ।

उनले शेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सीड मनिबाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफुहरु सफल भएको बताए । रैथाले बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए । उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए ।

त्यसैगरी अध्यक्ष उप्रेतीले खाद्य बैंकले आफना कृषि उत्पादन ४ वटा प्रदेश अन्र्तगतको २३ ओटा जिल्लाबाट गरिरहेको र आगामी दिनहरुमा ७ ओटै प्रदेशबाट अग्यानिक कृषि उपज उत्पादनमा खाद्य्य बैंक लागि पर्ने बताएका छन् ।

सभामा बैंकका सल्लाकार दुर्गा बहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयराम दहाल, काँग्रेस नेतृ सिर्जना सिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा।डा जिवनाथ धिताल लगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्टिय खाद्यय बैंकले चालेको कदमको सर्हाना गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS