Connect IPS
IME Life

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष भट्टराईले लिए शपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष चिन्तामणी भट्टराईले शपथ ग्रहण गरेका छन् । भट्टराईलाई पुष २६ गते सम्पन्न साधारणसभाबाट गठित सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराइले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष आज पुष २८ गते बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Prabhu
Crest

नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराइले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रहि कार्य अनुभव हासिल गर्नुका साथै साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुबित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव रहेको छ । यसै गरी रोटरी इन्टरनेशनलसंग विगत दुई दशक भन्दा बढी समय देखि आवद्ध रही सन् २०१८/०१९ को लागि नेपाल–भुटान डिष्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पु¥याउदै आएका छन् । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लि. का नव निर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रवन्धक दिपक खनालको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS