Connect IPS
IME Life

आज १७ कम्पनीको वार्षिक साधारण सभा हुँदै, के-के छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पुस २९ गते ११ वटा कम्पनीको साधारण सभा हुँदैछ । आज शिवम् सिमेन्ट, हिमालयन पावर पार्टनर,भिजन इनर्जी,नविल बैंक,कालिका पावर,माछापुच्छ्रे बैंक, नेपाल हाइड्रो डेभलोपर्स, आइसीएफसी फाइनान्स, नेपाल बैंक,मञ्जुश्री फाइनान्स, सेन्ट्रल फाइनान्स, आरएसडिसी लघुवित्त, श्वेत गंगा हाइड्रोपावर, एनआईसी एशिया बैंक,महालक्ष्मी विकास बैंक,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र याम्बालिङ्ग हाइड्रोपावरले आज साधारण सभा गर्दैछन् ।

शिवम सिमेन्टले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पूँजी ४ अर्ब ४० करोडको १० दशमलव ५३ प्रतिशतले हुन् आउने ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।०२६३ प्रतिशत नगद लाभांको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

हिमालयन पावर पार्टनरले आज पुस २९ गते दशौ वार्षिक साधारणसभा आह्वान गरेको छ । र बुक क्लोजको मिति घोषणा गरेको हो । साधारण सभा प्रयोजनका लागि पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् । तर यस पटक कुनै पनि लाभांश घोषणा गरिएको छैन ।

भिजन इनर्जी एण्ड पावर लिमिटेडले सातौं वार्षिक साधारण सभा आज पुस २९ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरू गर्ने जनाएको छ ।

सभाले स्थानीय तथा सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।त्यस्तै सभाले आइपीओ निष्काशन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नविल बैंकको सभाले सञ्चालक समितिबाट प्रस्तावित ११.५० प्रतिशत नगद लाभांश र १८.५० प्रतिशत बोनस शेयर सहित ३० प्रतिशत लाभांश पारित गर्नेछ । सभाले सञ्चालक समितिको प्रतिवेदन २०७८/७९ पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वतितीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैंकिङ, नेपाल बंगलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्तमा कायम रहेको चुक्त पूँजीको ११.५० प्रतिशतका दरले हुन आउने २ अर्ब ६२ करोड बराबरको नगद लाभांश स्वीकृतिका लागि सभामा पेश गरिनेछ ।

यस पटको वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकले अधिकृत पूँजी २८ अर्ब पुर्याउने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब २२ करोड बराबरको बोनस शेयर अर्थात चुक्ता पूँजीको १८।५० प्रतिशत पारितका लागि सभामा पेश गर्नेछ । प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै, कालिका पावर कम्पनीको सभाले संचालक समितिको तर्फबाट अध्यक्ष्ले प्रस्तुत गर्ने गत आर्थिक वर्षको नाफा,नोक्सान हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६९ करोडको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र स्वतन्त्रबाट १ जना गरी ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । आगामी आर्थिक वर्षको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल बैंकले आज साधारण सभा गर्दैछ । कम्पनीले उक्त सभा आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत १० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , बैंकको प्रबन्ध पत्र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

एनआईसी एशिया बैंकले आज साधारण सभा गर्ने भएको छ । बैंकको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभाको मिति तय गरेको हो । बैंकले काठमाडौँको तिलगंगामा रहको होटेल आनन्द प्रालिमा सभा आयोजना गर्ने जनाएको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

महालक्ष्मी विकास बैंकले आज साधारण सभा गर्दैछ । कम्पनीले लैनचौर ब्यक्वेटमा सभा आह्वान गरेको हो ।कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले अध्यक्षको मन्तव्य सहित एक्काईसौं वार्षिक साधारण सभा २०७८ /७९० को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने,। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८ र७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बांडफांड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निधारण गर्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडलेआज २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद विवरणहरु पारित गर्नेछ ।

यस वर्ष कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा २ दशमलव ४० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

विद्यमान संस्थापकतर्फको ५३ दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फको ४६ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आइपीओ जारी गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । साथै कम्पनीको सञ्चालक समितिमा एकजना अनिवार्य महिला सदस्य रहने गरी नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS