IME Life New

सिभिल बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।आज बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा बैंकको साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

Esewa
Crest

साथै सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण गर्नको लागि “एस राई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरुलाई अनुमोदन गरिएको बैंकले जनाएको छ ।

यसै प्रसङ्गमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने÷अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाका सबै प्रस्तावहरु पारित गरेकोमा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले धन्यवाद दिएका छन् । साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोवार २०७९ माघ भित्र गरिने योजना रहेको बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताए ।

करिव ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु। ८६ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS