Connect IPS
IME Life

सिभिल बैंकका सिइओ सुनिल कुमार पोखरेलको वार्षिक तलब सुविधा एक करोड ४१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको वार्षिक तलब सुविधा एक करोड ४१ लाख रुपैयाँ रहेको छ । सिभिल बैंकले सिइओ पोखरेललाई गत आर्थिक वर्ष २०७८/७९ मा तलब बापत ६४ लाख ८० हजार रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै भत्ता बापत ५२ लाख २० हजार रुपैयाँ दिएको छ ।

पोखरेलले दशै खर्च ९ लाख रुपैयाँ पाएका छन् भने उनको संचय कोषमा ६ लाख ४८ हजार रुपैयाँ जम्मा भएको छ । त्यस्तै नियम अनुसार कर्मचारी बोनस ८ लाख ७७ हजार ४०९ रुपैयाँ पाउने छन् । यसमा नियम अनुसार राज्यलाई भुक्तानी गर्नु पर्ने कर कटौती गरेर मात्रै उनको हातमा पर्नेछ ।

Prabhu
Crest

बैंकले उच्च व्यवस्थापन तहका कर्मचारीलाई ६९ लाख ४७ हजार रुपैयाँ तलब, भत्ता ५२ लाख ५६ हजार, दशै खर्च ७१ लाख १० हजार, संचय कोष ६ लाख ९४ हजार, बोनस एक करोड २२ लाख रुपैयाँ भुक्तानी दिएको छ । बैंकले आजै १२ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज सम्पन्न वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर पारित गरेको छ । बैंकले हिमालयन बैंक सँग मर्जरको सहमति गरेको छ । मर्जरको अन्तिम चरणमा रहेको सिभिल र हिमालयनले अवको केहि समयमा एकिकृत कारोबार शुभारम्भ गर्ने बुझिएको छ । आजको वार्षिक साधारणसभाले नै मर्जरको विशेष प्रस्ताव पारित गरेको हुँदा अवको केहि समयमै एकिकृत कारोबारको बाटो खुला हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS