Connect IPS
IME Life

चार लघुवित्तले एकैदिन घोषणा गर्याे लाभांश, कुनले कति दिने ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विभिन्न लघुवित्तले एकैदिन लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गर्नेमा एनएमवी लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. रहेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल कायम चुक्त पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजारको ६ दशमलव ०५ प्रतिशतले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बोनश शेयरतर्फ भने १५ चुक्त पूँजीको १५ प्रतिशतले हुन आउने १६ लाख ८३ हजार २ सय ५५ कित्ता शेयर वितरण गर्ने घोषणा गरेको हो ।

Prabhu
Crest

यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बोनस शेयर तथा ३ दशमलव २६ प्रतिशतले हुन आउने ७ करोड ५९ लाख ६५ हजार ६६० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले भने आफ्नो हाल कायम रहेको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको २२ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख १ हजार ८०७ कित्ता बोनश शेयर प्रदान गर्ने भएको छ । साथै चुक्ता पूँजीको १ दशमलव १५७९ प्रतिशतले हुन आउने ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

साथै, एनएमवी लघुवित्त वित्तीय संस्था लि.ले हाल कायम रहेको चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख ८६ हजार २८६ कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । साथै चुक्ता पूँजीको ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS