IME Life New

नेप्सेले गर्यो दुई बैंकको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको हो । यी दुई बैंकले एक आपसमा मर्जरका लागि सम्झौता गरी भोलिबाट एकिकृत कारोबार गर्दैछन् ।

सेन्चुरी बैंक लिमिटेडको पुस २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हुँदा नेप्सेले सोही मितिदेखि नै लागू हुनेगरी बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

Esewa
Crest

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंक समक्ष पुस १७ गते संयुक्त निवेदन पेश गरेको थियो । राष्ट्र बैंकले निवेदन परेको दुई दिनमै अर्थात पुस १९ गते सेञ्चुरी बैंकलाई प्राप्ति प्रयोजनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

प्रभुले बराबरी हैसियतमा सेञ्चुरीलाई प्राप्ति गरेको हो । दुबैले मर्जरको विशेष प्रस्ताव आआफ्नो साधारणसभाबाट पारित गरिसकेका छन् । गत आर्थिक वर्षको बोनश शेयर वितरण पछि सेञ्चुरी बैंकको चुक्ता पूँजी १० अर्ब ४७ करोड पुग्नेछ ।

त्यस्तै प्रभु बैंकको पनि बोनश शेयर वितरण १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । यस हिसावले अव मर्जर पछि बैंकको चुक्ता पूँजी २४ अर्ब ८७ करोड पुग्नेछ ।

 

1673256391849 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS