IME Life New

नेपाल एसबिआई बैंकको साधारण सभा आज, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले आज पुष २५ गते साधारण सभा गर्दैछछ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा उनन्तीसौँ वार्षिक साधारण सभा डाकेको हो।

यस सभा मार्फात गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने बैकले जनाएको छ ।
सो सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते, एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS