IME Life New

नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ६८ करोड रुपैयाँ, ख वर्गका विकास बैंकहरुमा ३१ करोड ५० लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीहरुमा १० करोड ५० लाख रुपैयाँ गरी कुल दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

Esewa
Crest

ईच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पुस २६ गते बेलुका ७ बजेसम्म केन्द्रीय बैंकले उपलब्ध गराएको इमेल मार्फत प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS