IME Life New

हकप्रद निष्काशन गर्न बीमा प्राधिकरणले दियो एलआइसी नेपाललाई सैद्धान्तिक स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) लिमिटेडलाई हकप्रद शेयर निष्काशनको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले पुस २१ गतेको पत्र मार्फत हकप्रद शेयर जारी गर्नको लागि यस कम्पनीलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव पारित गर्नको लागि माघ ३ गते विशेष साधारण सभा आयोजना गर्दैछ । सभा नक्सालको लिसरा रिसेप्सनमा हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीको पूँजी २ अर्ब ६५ करोड ३२ लाखको ८८.४५१६८ प्रतिशतले हुन आउने अर्थात १ः०.८८ को अनुपातले हुने १ अर्ब ४३ करोड ८८ लाख बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

हकप्रद जारी गरे पश्चात कम्पनीको अधिकृति पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने हुँदा सोहि मुताबिक कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संशोधनको प्रस्ताव पारित, कम्पनीको प्रबन्धपत्रर नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुले आवश्यक संशोधन, परिमार्जन, थपघट तथा भाषिक संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने  प्रस्ताव सभाले पारित गर्नेछ

1672987534346

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS