IME Life New

नेपाली बीमा कम्पनीसँग काम गर्न १७ विदेशी बीमांकी इच्छुक, एक जना नेपाली बीमांकीले पनि दिईन आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली बीमा कम्पनीसँग काम गर्न विभिन्न मुलुकका १७ बीमांकी इच्छुक देखिएका छन् । बीमा समितिले निर्माण गरेको बीमांकी रोष्टरमा उनीहरुले नेपाली बीमा कम्पनीको बीमांकी मूल्यांकन गर्ने रुचीका साथ आवेदन दिएका छन् । बीमा समितिका अनुसार बैशाख १२ गतेसम्ममा अमेरिका, बेलायत, भारत लगायतका मुलुकका बीमांकी सोसाईटीबाट लाईसेन्स प्राप्त गरेका बीमांकी आवेदन दिएका हुन् ।

आवेदन दिएकामध्ये अमेरिकन बीमाकीं सोसाईटीबाट बीमांकी लाईसेन्स पाएका तीन जनाले आवेदन दिएका छन् । त्यस्तै, बेलायतबाट लाईसेन्स लिएका तीन जनाले आवेदन दिएका छन् । १० जनाले भारतीय बीमांकी सोसाईटीबाट लाईसेन्स लिएकाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये एक जना नेपाली बीमांकी प्रेक्षा माथेमाले पनि आवेदन दिएको बीमा समितिले बताएको छ ।

Esewa
Crest

त्यस्तै जीवन बीमा कम्पनीका लागी १४ बीमांकीले आवेदन दिएका छन् भने निर्जीवन बीमाको लागि १२ जनाले आवेदन दिएका छन् ।

आवेदन दिएका बीमांकीको अध्ययन पछि बीमा समितिले स्वीकृति दिने समितिका निर्देशक कमल रेग्मीले बताए । स्वीकृति दिएका बीमांकीसँग नेपाली बीमा कम्पनीले आफनो वित्तिय विवरणको बीमांकी मूल्यांकन गराउँन सक्नेछन् ।

बीमा समितिले गत फागुनमा नै सुचना जारी बीमांकी रोष्टर निर्माण गर्ने जानकारी दिएको थियो । इच्छुक बीमांकीलाई आवेदनको लागि आह्वान गरेको थियो । पहिलो सुचनामा पर्याप्त आवेदन नपरेपछि समितिले गत चैत्र १३ गते दोस्रो सुचना जारी गरी आवेदन दिनका लागि आह्वान गरेको थियो । नेपाली बीमा कम्पनीहरुले भोग्दै आएको बीमाकीको समस्या समाधान गर्न बीमा समितिले बीमांकी रोष्टर निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS