IME Life New

बैंक खाता अद्यावधिक गर्न प्राइम कमर्सियल बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश पारित गर्नुअघि नै शेयरधनीहरूलाई बैंक खाता अद्यावधिकका लागि आग्रह गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै पुस २८ गते पारित गर्न लागेको नगद लाभांश प्राप्त गर्न बैंक खाता अद्यावधिक गर्न बाँकी सदस्यहरूलाई यथाशीघ्र गराउन आग्रह गरेको हो ।

यस वर्ष बैंकले कुल ८ दशमलव ९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

Esewa
Crest

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूले बैंकको लाभांश प्राप्त गर्नेछन् ।

हालसम्म पनि आफ्नो शेयर भौतिकरूपमा धारण गरेर बसेका सदस्यहरूलाई शेयर अभौतिकीकरणका लागि समेत बैंकले आग्रह गरेको छ । बुक क्लोकको अवधिसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुने भएकाले सो लेटर पेस गर्न समेत बैंकले आग्रह गरेको छ ।

साथै कर्जा चुक्ता भुक्तानी गरिसकेका सदस्यहरूले फुुकुवा पत्र पेस गर्नसमेत बैंकले आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS