IME Life New

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

यस कार्यक्रम अन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, बाग्मती प्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

Esewa
Crest

देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत दान गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरु मार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS