IME Life New

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउने जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ। बैंकले भारतको दिल्ली स्थित मेदान्त हस्पिटल लगायत मुलुकको करिब २५ अस्पतालसग छुट सहकार्यको सम्झौता गरेको छ ।

Esewa
Crest

बैंकले १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS