काठमाडौं । कुमार बैंक र एनसिसी बैंकले आज पुस १७ गतेदेखि एकिकृत कारोबार गर्दैछन् । एकिकृत कारोबार प्रयोजनका लागि पुस १५ र १६ गते दुई दिन बैंकका सम्पुर्ण सेवाहरु बन्द थियो । बैंकले सार्वजनिक विदा पारेर पुस १५ र १६ गते डाटा माइग्रेसनको काम गरेको हो ।
दुबै बैंकले गत मंसिर २५ गते सम्पन्न साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जरको प्रस्ताव पारित भए सँगै नेपाल राष्ट्र बैंकले पुस ६ गते कुमारीलाई एनसिसी बैंक प्राप्त गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
त्यस्तै पुस ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएको थियो । कुमारीले एनसिसी बैंकलाई प्राप्ति गरेको हुँदा एकिकृत कारोबार कुमारी बैंककै नामबाट हुनेछ ।
यो राष्ट्रिय बाणिज्य बैंकिङ क्षेत्रमा तेस्रो ठुलो विग मर्जर हो । यस भन्दा अगाडी ग्लोबल आइएमई बैंक र जनता बैंक विच पहिलो विग मर्जर भएको थियो । त्यस पछि नविल बैंक र नेपाल बंगलादेश बैंक विच विग मर्जर भयो । यस पछिको विग मर्जर कुमारी र एनसिसीको हुनेछ ।