IME Life New

प्राधिकरणको प्रदेश कार्यालयद्धारा सर्लाहीको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकासँग प्रिन्स होटल चक्र घट्टामा सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व  प्राधिकरणको वीरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा चक्र घट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव थिए ।

अतिथिका रुपमा गाउँपालिकाका उपाध्यक्ष मिना देवी रायको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु,  पालिकाका कर्मचारीहरु, कृषकहरु, स्थानियहरु, बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु,बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु अभिकर्ताहरु तथा महिला समुहका व्यक्तिहरु सहित १२० भन्दा धेरैको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्राधिकरणकी वीरगञ्ज कार्यालय प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएको थिइन् । कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बीमकको प्रतिनिधिको तर्फबाट शिव शंकर जैसवालले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट रिती बिक्रम कार्की र शेषराज न्यौपानेले आफ्नो भनाई राखेका थिए । उनिहरुले सहभागीहरुलाई जीवन तथा नीर्जीवन बीमाको विषयमा प्रष्ट रुपमा बुझाएका थिए ।

सहभागिहरुले हामीलाई एक एक वटा गाई भैसी पाल्नेको पनि बीमा हुने रहेछ र हाम्रो कच्ची घरहरुको पनि बीमा गर्न मिल्ने रहेछ भन्ने थाहा नभएको कुरा राखेका थिए । उनिहरुले दुई चार वटा आँपका विरुवा लगाउनेले पनि बीमा गर्ने व्यवस्था मिलाइदिन आग्रह समेत गरेका छन् ।

गाउँ गाउँ सम्म बीमा कम्पनीहरु आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हाम्रै सुरक्षाको लागि आवश्यक रहेछ भन्दै प्रतिकृया दिएका थिए । उनिहरुले आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिए ।

आगामी दिनहरुमा आफ्ना पशुपन्छीहरुको बीमा गर्ने कुरा राखेका थिए । कतिपय सहभागिहरुले कृषकहरुले आफुले चाहेको समयमा बीमा गर्न नपाएको र दावी भुक्तानी गर्ने समयमा पनि कम्पनीले ढिलाई गरिदिने अनावश्यक झन्झट दिने गरेको गुनासो गरे । साथै, उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले सर्लाही जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानकारी गराएका थिए । उनले कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानाकारी गराउनका लागि निर्देशन दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्षले बीमा प्राधिकरणले यस्तो बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमका लागि हाम्रो पालिकालाई छनौट गरि कार्यक्रम ल्याइदिएकोमा धन्यवाद दिएका थिए । प्रमुख अतिथिले यस्तो कार्यक्रमले हामीलाई सिक्ने जान्ने र पालिकामा रहेका नागरिकहरुलाई बुझाई आगामी दिनमा पालिकामाथि पर्न जाने आर्थिक भारलाई कम गर्न बीमा गर्नका लागि प्रोत्साहन गर्ने र यस क्षेत्रका घरहरुको बीमा गर्नका लागि आउँदो गाउँ परिषदको बैठकमा प्रस्ताव लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनले सहभागि वडा अध्यक्ष तथा सबै जनप्रतिनिधिहरुलाई गाउँ टोलसम्म पुगेर बीमाको विषयमा जानकारी गराउन समेत आग्रह गरेका छन् । बीमा  कार्यक्रमलाई कसरी सहयोग गरेर बढि भन्दा बढि व्यक्तिलाई र नीजको सम्पत्तीहरुलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिकाले गर्नुपर्ने कार्यका लागि पालिकाका बीमा प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको धारणा समेत राखेका छन् ।

कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले सरकारले बजेट मार्फत घोषणा गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिइन् । साथै कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नका लागि र हानी नोक्सानीबाट क्षतीपूर्ती पाउनका लागि बीमा आवश्यक रहेको धारण समेत राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS