IME Life New

एकै साथ राष्ट्रिय वाणिज्य बैंकको ५ शाखा विस्तार, कति पुगे कुल संख्या ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक ५ वटा शाखा कार्यालयको विस्तार गरेको छ । थप शाखामा १ नम्बरमा ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम शाखा कार्यालय र धुलावारी हेका छन् भने मधेस प्रदेशमा कार्यालय मलगंवा शाखा र बागमती प्रदेशमा रसुवा शाखा कार्यलय संचालनमा ल्याएको हो । थपिएका शाखा सहित बैंकका २६४ शाखा कार्यालय सञ्चालनमा छन् ।

थप शाखाहरुको उद्घाटन क्रमस ताप्लेजुङ्ग शाखाको सञ्चालकसमित सदस्य दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवा को सर्लाही २ ख का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवा को रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल( अलग कार्यक्रमका बीच उद्घाटन भएका हुन्।

Esewa
Crest

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले देशका दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

हालसम्म हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेबा दिइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS