IME Life New

महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २९ गते, के-के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले लैनचौर ब्यक्वेटमा सभा आह्वान गरेको हो ।कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले अध्यक्षको मन्तव्य सहित एक्काईसौं वार्षिक साधारण सभा २०७८ /७९० को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने,। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बांडफांड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /०८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निधारण गर्नेछ ।

सभाले सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने, बोनश शेयर जारी भए पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गर्न पारीत भए अनुसार प्रबन्धपत्र संशोधन तथा परिमार्जन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र अन्य प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिई विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने तथा विदेशी बैंक वा अन्य उपयुक्त संस्थालाई बैंकको शेयर विक्री वा हस्तान्तरण गर्न सकिने भनी प्रवन्धपत्रको दफा(क) लाई संशोधन गर्ने र उक्त संशोधन भएपछि रणनीतिक साझेदार ल्याउनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको कार्यान्वयन गर्न गराउन बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

सभाले विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधनको स्वीकृति लिंदा वा अभिलेख गर्दा गराउंदा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, परिवर्तन वा थप घट गर्न सो सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन तथा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भाषागत तथा अन्य सुधार गरी अभिलेख गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS