काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७८।७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामि साधारण सभामा अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् ।
1671605608399