काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको पुस ५ गेत बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
फाइनान्सको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब एक करोड पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । प्रस्तुत लाभांश २१ औ वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
1671533085088