IME Life New

गरिमा विकास बैंकले ल्यायो वैदेशिक रोजगारी आइपीओ खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले वैदेशिक रोजगारी आइपीओ खाता संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्काशन जारी गर्ने संस्थाले १० प्रतिशत शेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुकालागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि यस विकास बैंकले यो खाता संचालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहने नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ ।

Esewa
Crest

हालसम्म बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम मार्फत दिनुका साथै, विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै डिजी बटुवा, डेविट क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS