Connect IPS
IME Life

निफ्राको उर्जा ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। बैंकले यस ऋणपत्रमा छिटोमा पुस ४ गतेसम्म आवेदन दिन सकिने थियो । यस अवधिसम्म पर्याप्त आवेदन नपरेपछि अब पुस १४ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

बैंकले मंसिर २९ गतेदेखि उर्जा ऋणपत्र विक्री खुला गरेको थियो। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता उर्जा ऋणपत्र जारी गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता व्यक्तिगत तबर अर्थात् प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि हुने छ भने बाँकि २० लाख कित्ता सर्बसाधारणहरुको लागि निष्काशन हुनेछ ।

Prabhu
Crest

सर्बसाधारणलाई छुट्याईएको २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS