काठमाडौं । मासिक करोडौ मूल्य बराबरको विदेशी आइसक्रिम नेपालमा आयात हुँदै आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७९/८० को कार्तिक महिनासम्मको तथ्यांक अनुसार चार महिनामा नेपालले ८ करोड ७८ लाख बराबरको आइसक्रिम आयात गरेको छ । सो अवधिमा २ लाख १ हजार ७८८ केजी आइसक्रिम नेपाल आएको हो ।
चालु आर्थिक वर्षमा दुईवटा मुलकबाट आइसक्रिम आयात भएको देखिन्छ । चीनबाट निकै थोरै परिमाणमा आइसक्रिम आयात हुँदा ठूलो हिस्सा चाहीँ भारतबाट आयात भएको देखिएको छ । ४ महिनामा भारतबाट २ लाख १ हजार ७०७ केजी आइसक्रिम आयात हुँदा चीनबाट भने ८१ केजी मात्र आयात भएको छ । रकममा हेर्दा चीनमा आइसक्रिम आयात मार्फत १ लाख १३ हजार बाहिरिएको छ भने भारत तर्फ ८ करोड ७७ लाख बाहिरिएको छ ।