IME Life New

एनएमबि बैंकले पुस २५ गते साधारण सभा गर्ने, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले २७औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुने जनाएको छ । उक्त सभा विहान ९ बजे हुने बैंकले जनाएको छ । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८ /७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा, नोक्सान, हिसाव, नगद प्रवाह लगायतका वित्तीय अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले आथिृक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने, यस अघिको लेखापरीक्षकलाई नै पुनःनियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सभाले बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर प्रकृया अगाडि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।

साथै, सोका लागि सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्नका लागि मुल्यांकनकर्ता नियुक्त गर्ने, स्वाप रेसियो निर्धारण गर्ने, सोका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा कुनै संशोधन आवश्यक भएमा सो गरि सोको अभिलेख गराउने लगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंबैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

14%
sad

दु :खी

86%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS