Connect IPS
IME Life

समृद्धि फाइनान्सले चैतन्य माध्यमिक बिद्यालयका विद्यार्थीलाई वितरण गर्यो कपडा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत २६ जना विद्यार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक बिधालयका प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको हो ।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले ३ महिनाको मुद्दती निक्षेपमा सर्वाधिक १३ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने मुद्दती निक्षेप योजना र यसका साथ साथै फाइनान्सले ८ वर्ष ९ महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष ६ महिनामा पैसा आठ गुणा हुने मुद्दती निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

Prabhu
Crest

फाइनान्सले हाल ८ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS