IME Life New

नेप्सेमा तीन कम्पनीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा ३ कम्पनीको आइपीओ सुचिकृत भएको छ । आज इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको आइपीओ सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

आज इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको हो । इस्टर्न हाइड्रोको शेयर EHPL पिपुल्स हाइड्रोको शेयर PHCL र श्रीजनशील लघुवित्तको शेयर SHLB सिम्बलबाट कारोबार हुने छ।

Esewa
Crest

नेप्सेले इस्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती रेञ्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ।

त्यस्तै पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेञ्ज तोकिएको छ । यस रेञ्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ।

श्रीजनशील लघुवित्तको पहिलो कारोबारको लागि ३०२ देखि ९०६ रुपैयाँ सम्मको रेञ्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।1670919689838 1670919462507 1670919055984

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS