आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । संचालक पाण्डेले वैशाख १० गते संचालक समिति समक्ष राजिनामा पत्र दिएका हुन् ।
संचालक पाण्डेले दिएको राजिनामालाई सोही दिन बसेको कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।