IME Life New

बैंक अफ काठमाण्डूको लाभांश सहित मर्जरको विशेष प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बैंकले प्रस्तावित लाभांश तथा मर्जरको विशेष प्रस्ताव पारित गरेको छ । उक्त सभा आर्मी फोर्स अफिसर्स क्लब टुडिखेलमा सम्पन्न भएको बैंकले जनाएको छ ।

सभामा बैंक अफ काठमाण्डूले समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको हिसाब, नाफा, नोक्सान, वासलात, नगद विवरण लगायतका वित्तीय अनुसूचिहरुमाथि छलफल गरी पारित गरेको छ । लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभाले यी दुई बैंक गाभिएपछि नियमनकारी निकायबाट कुनै विषय थप तथा संशोधन गर्नुपर्ने भएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंक अफ काठमाण्डूले हाल कायम चुक्ता पुँजीको १४ दशमलव ९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।

यी दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS