IME Life New

भिजन इनर्जीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ।

कम्पनीले अंकित दर सयमा पैंसट्ठी करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता साधरण शेयर बिक्रि खुला गर्न लागेको छ। यसमा कम्पनीले कुल जारी पूँजीको १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर सर्वसाधारणका लागिको सार्वजनिक निष्काशन गर्ने छ।

Esewa
Crest

सोही शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो। यो कम्पनीले  ISO 9001:2015 प्रमाण पत्र समेत प्राप्त गरेको छ भने ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, वायो ग्याँस जस्ता वैकल्पिक ऊर्जा श्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरु मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफै निर्माण गर्ने गर्दछ ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । आयोजनाको कुल हेड १००३.५० मिटर र डिजाइन डिस्चार्ज ७।११ मिटर क्युव प्रति सेकेण्ड रहेको छ ।

उच्च हेड भएर यो अवस्थासम्म निर्माण भइरहेको नेपालको यो पहिलो आयोजना हो । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता, वित्तिय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) गरिसकेको छ ।

सरकारी स्वामित्व रहेको हाईड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS