IME Life New

दुई बैंकको साधारण सभा आज हुँदै, लाभांश र मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले प्रस्तावित लाभांश पारित गर्न तथा मर्जरको विशेष प्रस्ताव पारित गर्नका लागि आज मंसिर २३ गते छुटाछुट्टै साधारण सभा बोलाएका छन् । बैंक अफ काठमाण्डूले २८औं वार्षिक साधारण सभा कार्तिक २७ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो । उक्त सभा विहान १० बजे आर्मी फोर्स अफिसर्स क्लब टुडिखेलमा हुने जनाएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको १६ वार्षिक साधारण सभा कम्पनीको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो । उक्त सभा सिल्भर ओक बैंकेट गौरीधारमा विहान १० बजे गर्ने जनाएको छ ।

Esewa
Crest
सभामा बैंक अफ काठमाण्डूले समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको हिसाब, नाफा, नोक्सान, वासलात, नगद विवरण लगायतका वित्तीय अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ । लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने र ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने गाभिले तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभाले यी दुई बैंक गाभिएपछि नियमनकारी निकायबाट कुनै विषय थप तथा संशोधन गर्नुपर्ने भएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंक अफ काठमाण्डूले हाल कायम चुक्ता पुँजीको १४ दशमलव ९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यसैगरी सभामा ग्लोबल आइएमई बैंकले समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको हिसाब, नाफा, नोक्सान, वासलात, नगद विवरण लगायतका वित्तीय अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ । बाह्य लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने र ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने गाभिले तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभाले यी दुई बैंक गाभिएपछि नियमनकारी निकायबाट कुनै विषय थप तथा संशोधन गर्नुपर्ने भएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

कार्तिक २९ गते यी दुबै बैंकले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

61%
happy

खुसी

6%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS