IME Life New

एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच रोडम्याप फर आइपीओ सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडका (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरे ।

Esewa
Crest

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)लाई सर्वसाधारण शेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ ।

पहिलो चरणमा कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा शेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ र शेयर निष्काशन पश्चात, एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडको (क्लार्क रिसोर्ट, बिरगञ्ज) शेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

समारोहमा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रा. लि.का (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट नायव महा प्रबन्धक राजेश रञ्जन को पनि उपस्थिती थियो ।

यस होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । सन् २०७३ देखि यस होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ ।

हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) भारतको एक प्रसिद्ध होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ ।

एनआइबिएल एसले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने पूँजी संकलन गर्ने,ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS