IME Life New

राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार अर्ब रुपैयाँ भन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब चार करोड रकर्मचारी सुरक्षण कोषको एक अर्ब २७ करोड गरि जम्मा चार अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४३ करोड २० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ४५ करोड ५६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड २० लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी लागेको हो ।

Esewa
Crest

त्यस्तै, अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम समेत मुद्दती निक्षेपमा लगानी गरिने भएको छ । उक्त कोषमा रहेको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

यी दुबै कोषको रकम आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही मंसिर २० गतेदेखि २३ गतेसम्म दिन सकिनेछ । आगामी पुष १ गतेदेखि २०८० को मंसिर ३० गतेसम्म तीन सय ६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS