IME Life New

एनआईबिएल एस क्यापिटल र सस्तो डिलबीच लगानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र इकमर्स कम्पनी सस्तो डिलकाबीच लगानी सम्झौता भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फ बाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् ।

यस लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ । उक्त अवसरमा एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने “ईकमर्सले संसारभरिका विभिन्न मूलूकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कुरा कम्पनीले आफनो १० वर्षिय इतिहासमा प्रमाणीत गरेको छ । ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ । उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्याति प्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ्दा, सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कूरामा हामी विश्वस्त छौं ।”

Esewa
Crest

उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले भने “हामी एनआईबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छौं । एनआईबिएलको नेपालभरको नेटवर्क, बैंकिब, भुक्तानी प्रणाली आदिको संजाल तथा विशेषज्ञता र पुँजी समेतको समायोजनले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउनेछ । हाम्रा अन्य मुख्य लगानीकर्ताहरू – डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमई समूह संगै अव एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र बिदेशमा समेत परिचित ब्रान्डकोरुपमा स्थापित हुने लक्ष्यमा छ।”

कार्यक्रममा सहभागी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सीईओ टिम गोचरले आफ्नो बिचार राख्दै भने “एनआईबीएल एसको लगानीले सस्तोडिलको सम्भावनालाई प्रकाश पार्नुको साथै स्थानीय स्तरमा हुने लगानीले सस्तोडिलको ब्यवसाय बृद्धिमा थप टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS