IME Life New

सिटिजन लाइफको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बालाजु क्षेत्र अन्तर्गतका कम्पनीका शाखाहरु सतुङ्गल, भैसेपाटी, बालाजु, जरङखु, स्वयंभु, धादिङ र टोखा लगायतका शाखाहरुमा कार्यरत एजेन्सी म्यानेजरहरुलाई एक दिने प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

वसुन्धरा स्थित इन्द्रेणी ब्याङ्केटमा शनिबार आयोजित उक्त कार्यक्रममा कम्पनीका बालाजु क्षेत्रका शाखाहरुबाट बिगतमा उत्कृष्ट व्यावसायिक सफलता हासिल गरेका एजेन्सी म्यानेजरहरुलाई सम्मान समेत गरिएको थियो ।

Esewa
Crest

एजेन्सीहरुको व्यक्तिगत एवं व्यावसायिक बृद्धि विकासलाई मध्यनजर गरी आयोजना गरिएको कार्यक्रममा सहभागीहरुलाई कम्पनीका मध्य तथा पश्चिम क्षेत्रका प्रमुख व्यावसाय अधिकृत सुनिल पोख्रेल, ट्रेनिङ बिभाग प्रमुख कुबेर पाठक, प्रमुख मार्केटिङ अफिसर भुषण रिमाल एवं कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बिमक संघका अध्यक्ष पोषकराज पौडेलले बिमा सचेतना तथा व्यावसायिक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बिमा क्षेत्रको हालको अवस्था र व्यक्ति, समाज एवं सिंगो राष्ट्रको समृद्धिमा बिमाको भूमिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बालाजु क्षेत्रका शाखा प्रमुखहरु, एरिया शाखा प्रमुख, सिनियर एजेन्सी म्यानेजरहरु, एजेन्सी म्यानेजरहरु लगायत कम्पनीका वरिष्ठ म्यानेजरहरु गरी करिब दुई सय जनाको सहभागिता रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सतुङ्गल शाखाका प्रमुख जय सिह भाटले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS