IME Life New

नेपालगञ्ज र जानकीमा सिभिल बैंकले शुरु गर्यो गो क्यासलेस सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा गो क्यासलेस अभियान सुरु गरेको छ। बैंकले जानकी र नेपालगञ्जमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी गो क्यासलेस अभियान सुरु गरेको हो ।

जानकीमा आयोजित कार्यक्रमको उद्घाटन जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले गरेकि थिइन् । कार्यक्रममा लालमतिदेवि कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाइ गो क्यासलेस अभियानमा छनौट गरेकोमा सिभिल बैंकलाई धन्यबाद दिदै यसले यहाँका जनतालाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता प्रदान हुने आशा ब्यक्त गरेकी थिइन्।

Esewa
Crest

त्यस्तै, नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले गरेका थिए । उनले कार्यक्रममा डिजीटल पेमेन्ट सिस्टमले ग्राहकहरुलाई सुबिधा सँगै सुरक्षा प्रदान गरेको बताएका थिए ।

कार्यक्रममा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा कुरा बताएका थिए ।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुसम्म आवद्ध रहेको वैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS