IME Life New

आइएमईको साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेमिट्यान्स कम्पनी आइएमईले आफ्नो २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले उक्त सभामार्फत आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । अब आइएमई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको बन्ने भएको छ।

अव आइएमईले सर्वसाधारणका लागि छिट्टै प्राथमिक सेयर निष्काशन गर्ने छ। कम्पनीले शीघ्र आइपीओ निष्काशन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए। यसका लागि लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ ।

Esewa
Crest

साधारण सभामा आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण रहेको स्मरण गराए। उनले सुरुवाति समयमा शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा स्थापना भई आज देशभर पुग्न सफल भएको बताए।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS