IME Life New

प्रभु क्यापिटलले ल्यायो निःशुल्क रेमिट्यान्स डिम्याट खाता योजना, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उदेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि लक्षित गर्दै क्यापिटलले यस योजना ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपीओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्येश्यलाई सघाउ पुर्याउनका लागि यस योजना ल्याएको जनाएको छ ।

Esewa
Crest

श्रम स्वीकृती लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित शेयरमा उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिटयान्समा उल्लेखनीय योगदान गरेकोमा “देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान” भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यस योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन् । यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ।

व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी छनौट गरी आफू अनुकूल समयमा समयलिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।

खाताको विशेषताहरुः
यो योजनामा १ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गरिने, श्रमिक हितग्राही संगै निजका परिवारजनलाई समेत १ वर्ष निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिने जनाएको छ ।

त्यस्तै, भिडियो केवाइसि मार्फत तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सकिने, डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा ५० प्रतिशत छुट दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS